काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
बाग्लुङ : रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले काठेखोला गाउँपालिकाका ५० परिवारलाई सिरक उपलव्ध गराएको छ। उनीहरुले कोरियामा खरिद गरिएको सिरक वडा कार्यालयमार्फत उपलब्ध गराएका हुन्।
गाउँपालिका अध्यक्ष, छिमेकी वडाका अध्यक्षहरुको उपस्थितिमा वडाले कोरियाबाट प्राप्त सिरक वितरण गरेको वडा नम्बर २ का वडाध्यक्ष विद्यापति शर्माले बताए। ‘अघिल्ला वर्षहरुमा तराईका जिल्लामा उहाँहरुले न्यानो अभियान चलाउनुभएको रहेछ’ शर्माले भने, ‘बाग्लुङका युवा केदार गौतममार्फत यहाँका विपन्न समुदायको अवस्था जानकारी गराएपछि हामीलाई पनि उहाँहरुले सहयोग गर्नुभयो।’
एकथान सिरकको दुई हजारदेखि २ हजार ५०० रुपैयाँसम्म पर्ने शर्माले बताए। वडा कार्यालयले टोलहरुमा रहेका अतिविपन्न परिवारको पहिचान गरी सिरक उपलब्ध गराएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।