राजनीति

नेकपाको विवाद मिलाउन आएको चिनियाँ टोली फर्कियो

पुस १५, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद मिलाउनको लागि नेकपा आएको चिनियाँ टोली फर्किएको छ। नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय गत आइतबार टोली आएको थियो। 

    चिनियाँ टोली बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा स्वदेश फिर्ता भएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। 

    चिनियाँ टोलीले नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्री ओलीसँग दुई देशको सम्बन्धको बिषयमा छलफल भएको जनाइएको छ।

    सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटवार्ता गरेको थियो। अध्यक्ष दाहालसँग नेकपाभित्रको अवस्थाबारे छलफल भएको थियो। टोलीले नेकपा फेरि मिल्नका लागि सुझाब दिएको थियो। 

    चिनियाँ टोलीले प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटवार्ता गरेको थियो। यस्तै, प्रमुख प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटवार्ता गरेको थियो। चिनियाँ टोलीले कांग्रेसको सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको छ। 

    नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गरेका थिए। २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेका थिए  र त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो।

    गुओ भ्रमणपछि सहमति भएर ०७५ जेठ ३ गते एकता घोषणा भएको थियो, त्यसैले गुओलाई एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ। तर एकतापछि नै विवाद भएपछि पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले नेकपाको विवाद समाधानका लागि प्रयाससमेत गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]