काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तार...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–माधव) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ। बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई ल्याएको हो।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ। प्रचण्ड पक्षले शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरेको छ।
बागमती प्रदेशमा १ सय १० जना सांसद छन्। नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।