काठमाडौं : नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुन सक्नेमा...
काठमाडौं : एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रिड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नेसम्बन्धी सम्झौता भएको छ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउनेछ।
अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए। यो आयोजनाले विद्युत् वितरणसम्बन्धी तीन वटा मुख्य क्रियाकलापलाई जोड दिएको छ।
विद्युत् सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत् वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए।
आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ। आयोजना ५ वर्षमा सम्पन्न हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।