काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन्। उनले ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
'माधवकुमार नेपालको बारेमा धेरै, टिप्पणी गर्न चाहन्नँ। उहाँ त प्रचण्डको मामुली कार्यकर्ता हो' उनले भने, 'मलाई पदको लोभ छैन। भन्नुहुन्थ्यो प्रचण्डको मामुली कार्यकर्ता हुनुभएछ।'
‘म उधारो पत्याउँदिनँ हात्ताहात्ती चाहिन्छ। भन्नुहुन्थ्यो’ उनले भने, हामीले एकीकृत पार्टी बनाउनका लागि पो दुई अध्यक्ष बनाएका थियौँ। तर, फुटाउनका लागि पनि दुई वटा अध्यक्ष चाहिन्छ र?’ ‘बैठकमा सभापति अध्यक्षको छेउमा बस्नका लागि पनि अध्यक्ष बन्नुपर्छ र?’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।