राजनीति

ओलीको व्यंग्‍य : एक-दुई सिट तपाईंहरूले पनि जित्‍नुपर्छ, तयारीमा लाग्‍नुस!

पुस १५, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई एक-दुई सिट जित्नका लागि तयारी गर्न आग्रह गरेका छन्। उनले सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

    ‘तपाईहरूले भनेजस्तो संसद् पुनःस्थापनाको सम्भावना छैन। अब तोकिएको समयमा निर्वाचन हुन्छ। तपाईंहरूले पनि एकदुई सिट जित्नुपर्छ तयारीमा लाग्नुहोस्’ उनले भने, ‘तयारीमा लाग्नुहोस्। अब सडकमा गएर केही हुँदैन। सडकमा गएर नबस्नुहोस्।’

    प्रचण्ड पक्षले जनतामाझ जानका लागि डराएको उनले बताए। ‘उहाँहरूले भनिराख्‍नुभएको छ। वैशाखबाट ओली सिद्धियो भन्नुभयो। उहाँहरूले भविष्यवाणी नमिल्ने गर्नुभयो' उनले भने, भविष्यवाणी त गर्नुहुन्छ कहिल्यै मिल्ने गर्नुहुन्न।’

    ‘म सामान्य बिरामी हुँदा पनि उहाँहरूले म मरिहाल्ने सोच्नुहुन्थ्यो। म बाहिर उपचारका लागि जाँदा काठको बाकसमा फर्किन्छ भन्नुहुन्थ्यो। तर, म प्लेनको सिटमै बसेर आएँ’ उनले भने, ‘तर, उहाँहरूको आकांक्षा पूरा हुन्छ। ढिलोचाँडो म मर्छु।’ 

    संसद् विघटन गर्दा आफूसँग ६४ प्रतिशत बहुमतले विघटन गरेको दाबी गरे। उनले प्रचण्ड पक्षलाई स्वच्छ निर्वाचनमा आउनका लागि आग्रह गरेका छन्। ‘तपाईंहरू स्वच्छ निर्वाचनमा आउनुहोस्।’ उनले भने, ‘अबको निर्वाचनमा बत्ती निभाउन र मतपत्र च्यात्न पाइने छैन। नडराईकन आउनुहोस्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]