तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ। गएराति साढे...
काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका १० गुर्जुधारा नजिक टिप्परको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका घर भई काठमाडौं थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई काठमाडौं गुर्जुधारा बस्ने २५ वर्षका सुवास गमाल रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
बाटो काट्दै गरेका उनीहरुलाई थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ४ ख २५७७ नम्बरको टिप्परले ठक्कर दिएको थियो। ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर र चालक धादिङ धुनिवेशीका रामचन्द्र थापालाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।