खेलकुद

न्युकासल युनाईटेडले लिभरपुललाई बराबरीमा राेक्यो

पुस १६, २०७७

    इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ।

    गएराति युनाईटेडको मैदानमा भएको खेलमा गोलरहित बराबरीमा रोकिएको हो।  बराबरी खेलेको लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा यथावत छ। लिभरपुरको १६ खेलबाट ३३ अंक छ। एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ।

    प्रिमियर लिग फुटबलमा गएरातिका लागि तय भएको टोटनह्याम हट्सपर र फुल्ह्यामबिचको खेल कोभिडका कारण पछि सारिएको छ। फुल्ह्यामका केहि खेलाडीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि खेल रद्द गरिएको हो।

    यसअघि हिजो म्यान्चेस्टर सिटी र एभर्टनबीचको खेल पनि कोभिडकै कारण रोकिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]