स्वास्थ्य

मनमोहन शिक्षण अस्पतालको आन्दोलन शुरु

फोटो : मनमोहन शिक्षण अस्पताल
असार ३१, २०७३

    काठमाडौं : मनमोहन मेमोरियल कलेज शिक्षण अस्पलालले विभिन्न मागसहित आन्दोलनकाे कार्यक्रम घाेषाणा गरेकाे छ ।  नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले शुक्रवार एक कार्यक्रमकाे आयोजना गरी संविधानको मर्म अनुसार तीन खम्बे अर्थ नीतिलाई लागु गर्नुपर्ने, सहकारी र नीजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा प्रतिबन्ध लगाउने शिक्षा ऐनको आठौ संशोधन खारेज गर्नुपर्ने, देशलाई चिकित्सा विज्ञान, ईन्जिनिरियङ् तथा पशु विज्ञान लगायतका प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउन सरकारी, सहकारी र नीजी क्षेत्र तीनवटै क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने लगायतका मागसहित अान्दाेलनका कार्यक्रम घाेषणा गरेकाे हाे ।  

    आन्दोलनका कार्यक्रमअन्तर्गत विभिन्न दलका अध्यक्षलार्इ शुक्रवार नै ज्ञापनपत्र बुझाएको छ । यस्तै विभिन्न पार्टीका सदस्यहरुसँग असार १ गते अन्र्तक्रिया गर्ने, असार २ गते त्रिवि शिक्षण अस्पताल परिसरमा ३ दिन लगातार धर्ना तथा जुलुस गर्ने, नीजी मेडिकल कलेज संगठनको आयोजनामा यही असार ४ गते हुने विरोध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, आगामी सात दिनभित्र आफ्ना मागहरु पुरा नगरे असार ७ गतेबाट डा. विजय पौडेलको नेतृत्वमा आमरण अनशन बस्ने लगायतका कार्यक्रम रहेका छन् । 

    कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक भरतमोहन अधिकारीले यो आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

    उनले भने,–‘सरकारले मनमोहनलाई मनशाय पत्र दिएर लगानी दिन लगाउने अनि अहिले आएर अन्तिम स्विकृति नदिने भन्ने कुरा हुन्छ, २४३४ जना सेयरधनीहरुको लगानी खेर जान्छ, त्यसैले तत्काल सरकारले स्विकृति दिनुपर्छ ।’ अधिकारीले आन्दोलनलाई सबै नेपाली जनताको साझा मुद्दा बनाउनुपर्नेमा जोड दिए । 

    त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले शैक्षिक क्षेत्र र अर्थतन्त्रको सुदृढिकरण तथा संविधानको मुल भानवनाको रक्षाका लागि आफूहरुले सैद्धान्तिक मागहरु अघि बढाएको दाबी गरे । उनले नेकोले अघि सारेका ५ बुँदे मागहरु सार्वजनिक गरेका थिए । 

    कार्यक्रममा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाँई, संस्थाका उपाध्यक्ष एवम् सांसद डा. वंशिधर मिश्र, उपाध्यक्ष जीवन शर्मा र बरिष्ठ चिकित्सक रामकुमार अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]