काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
नेपालगन्ज : दुई दिनदेखि निरन्तर परेको पानीले राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। सोमबार बिहान ३ मिटर १५ सेन्टिमिटर रहेको राप्ती नदीको सतह बढेर ३ मिटर ७० सेन्टिमिटर पुगेको छ।
राप्ती नदीस्थित कुसुममा पानीको सत ५ मिटर ४० सेन्टिमिटर पुगेमा आसपासमा रहेका ९ गाविसका करिब एकसय गाउँ डुबानमा पर्ने गरेका छन्। नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको कुसुमस्थित जल मापण केन्द्रका गेज रिडर भद्रबहादुर थापाले जानकारी दिए।
राप्ती नदीमा पानीको सतह हेर्न जिल्ला प्रशासन कार्यालयमा राखिएको टेलिमेट्रीको डिस्प्ले फेरि बिग्रिएको छ। ‘टेलिमेट्री डिस्प्ले बिग्रिएको २ दिन भयो, मर्मतका लागि कर्णाली बेसिनलाई आग्रह गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी एवम् फोकल पर्सन जगत बस्नेतले भने, ‘डिस्प्ले बिग्रेर नदीको सतह अवलोकन गर्न समस्या भएको छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।