राजनीति

कुटनीतिक भाषामा कमल थापाको ट्विटः डा. केसीका 'जायज' माग पूरा गरौँ

साउन ३, २०७३

    काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले चिकित्साक्षेत्र सुधार लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीका 'जायज' माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

    कुटनीतिक भाषामा ट्विट गर्दै थापाले वार्तामार्फत डा. केसीका 'जायज' माग पूरा गर्नुपर्ने बताएका हुन्। केसीका 'जायज' माग वार्तामार्फत पूरा गर्नुपर्ने बताए पनि उपप्रधानमन्त्री थापाले कुन माग जायज वा नाजायज भन्ने लेखेका छैनन्। 

    थापाले ट्विट गर्दै केसीको स्वास्थ्यमा राजनीति नगर्न आग्रह गरेका छन्। नवौँ दिनमा अनसन बसिरहेका डा. केसीको जीवन रक्षार्थ सरकार र त्रिविले ध्यान दिनुपर्ने उनले बताएका छन्।
     

    मेडिकल शिक्षा सुधारका माग राखेर यसअघि सातपटकसम्म अनसन बसेका डा. केसीले यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने नयाँ माग अघि गरेका छन्। कार्कीले मेडिकल शिक्षामा अनावश्यक हस्तक्षेप गरेको उनको आरोप छ। 

    सोमबार नै संसदको समाजिक तथा मानव अधिकार समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिह कार्कीलाई महाअभियोग लगाउने बाहेक अरु मागहरु पूरा गर्न सरकारलाई निर्देशन दिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]