स्वास्थ्य

दाङका निजी अस्पताल संचालक भन्छन् : राज्यले समन्वय गरे सहयोग गर्न तयार छौँ

बैशाख २६, २०७८

    दाङ : यहाँका निजी अस्पतालहरुले राज्यले समन्वय गरे आफूहरु कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग गर्न तयार रहेको बताएका छन्।

    जिल्लामा रहेका करिब एक दर्जन निजी अस्पताल संचालकहरुले कोरोना महामारीमा सहयोग गर्न आफूहरु तयार रहेको तर राज्यका तर्फबाट कुनै समन्वय नभएको बताएका हुन्।  

    यस्तो महामारीमा निजी अस्पतालहरु पनि सहयोगको लागि तयारी भए पनि सरकारी निकायबाट कुनै समन्वय नभएको गोर्खा पब्लिक अस्पताल प्रालि घोराहीका सञ्चालक डाक्टर जनार्दन पन्थीले बताए।

    महामारीमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै पन्थीले निजी अस्पताललाई भाडामा लिएर सञ्चालन गर्न राज्य तयार हुनुपर्ने सुझाए। तुलसीपुरमा रहेको सिटी हस्पिटल प्रालि ले पनि पाँचवटा बेड छुट्टै ब्यवस्था गरेको जनाएको छ।

    तुलसीपुरमा रहेका निजी अस्पतालहरुले करिब ५० बेड कोरोना संक्रमितहरुको उपचारका लागि बनाउने  योजना रहेको भएपनि अक्सिजन अभावले समस्या भएको अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले बताए। त्यस्तै तुलसीपुरमा रहेको राप्ती लाइफ हस्पिटल प्रालिले अस्पतालमा आउने कुनै पनि बिरामीलाई उपचार नगरी फिर्ता नपठाएको जनाएको छ।

    अस्पताल ५५ बेडमा संचालन छ। आफूहरुले गत वर्ष पनि कोरोना महामारीमा सहयोग गरेको भन्दै यस पटक अक्सिजनको अभावले गर्दा समस्या भइरहेको अस्पतालका प्रबन्धक जीवन भण्डारीले बताए।

    अस्पतालमा अहिले ओपिडीका बिरामी भन्दा पनि इमर्जेन्सीका बिरामी आउने गोर्खा पब्लिक हस्पिटल प्रालि घोराहीका ब्यवस्थापक दिनेश आचार्यले बताए। निजी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि हुँदासमेत आफूहरुले सेवा दिइरहेको उनले बताए। 

    दाङमा  दिनप्रतिदिन कोरोना संक्रमण र मृत्युदर बढिरहेको छ। जिल्लामा अहिले कोरोना विषेश अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमहीमा अस्थाई कोरोना अस्पतालमा गम्भीर प्रकृतिका संक्रमतिहरुको उपचार भइरहेको छ।

    त्यस्तै जिल्लाका १० पालिकाले पनि आइसोलेशन सेन्टर संचालन गरेर उपचार गरिरहेका छन्। अझैं अक्सिजन र बेडको अभाव छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]