समाज

ओखलढुंगामा आइतबार मध्यरातदेखि निषेधाज्ञा

बैशाख २६, २०७८

    ओखलढुंगा : ओखलढुंगामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा  कोरोना संक्रमण बढेसँगै  शनिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको डिसिसिएमको निर्णयपश्चात् आइतबार राति १२ बजेदेखि जेठ ९ गतेसम्म जिल्लाभर लागू हुने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ।

    डिसिसिएमको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जारी आदेशमा उल्लेख छ। आदेशअनुसार निषेधाज्ञा अवधिभर जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिर जाने एवं जिल्ला भित्र सञ्चालन हुने सबै सवारी साधनहरू, भेला, तालिम, गोष्ठी, पूजापाठ, जात्रा, महोत्सव, खेलकुदलगायतका कार्यहरू गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै सबै प्रकारका होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, हार्डवेयर तथा व्यबसायहरु सञ्चालन गर्न निषेध गरिएको छ।

    जिल्लाभित्रै एकठाँउबाट अर्को ठाउँमा आवतजावत गर्न पनि सम्बन्धित वडाको सिफारिस नै आवश्यक पर्नेछ। एक ठाँउवाट अर्कोठाँउमा आएर बस्ने हो भने बस्ने स्थानका वडामा पूर्णरुपमा १४ दिनसम्मक होम क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थाको ग्यारेन्टी नभएसम्म सम्बन्धित वडाले समेत यात्राका लागि सिफारिस गर्न पाउने छैनन्। त्यस्तै, विवाह तथा मृत्यु संस्कारका कार्यमा समेत १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]