काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए। यस अघि सभापति देउवाले शीर्ष नेतालाई छलफलका लागि २ बजे बुढानिलकण्ठ बोलाएका थिए। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई थाहै नदिइ देउवाले छलफल गर्न लागेको भन्दै आपत्ति जनाएपछि देउवा पछि हटेको बुझिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाले यसबारे छलफल गर्न बैठक डाकेका हुन्।
बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी हुने लेखकको भनाइ छ। । पदाधिकारी बैठक लगत्तै कांग्रेसले अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेको लेखकले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।