राजनीति

अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

बैशाख २९, २०७८

    काठमाडौ :  नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठसम्म लम्बिएको छ। 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएका छन्। 

    यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले १७ जेठमा पुर्‍याइएको हो।  यसबीचमा एयरलाइन्सहरूले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]