समाज

कैलालीमा हावाहुरीले एकजनाको मृत्यु

बैशाख ३०, २०७८

    धनगढी :  कैलालीमा बुधबार साँझ आएको हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ। हावाहुरीका कारण घरमाथि रुख ढल्दा टिकापुर–१ एकतानगरका ४० वर्षीय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    रातको करीब ८ बजे कच्ची घरमाथि ढलेको रुखले च्यापिएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए ।  यस्तै कैलालीको घोडाघोडी नगरपालिका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ ।

    चट्याङका कारण घरमा क्षति पुगेको छ। घरमा विद्युतीय मिटर बक्स, वाइरिङ्ग सहितका सामानहरु बिग्रिएका र नष्ट भएका छन् । यस्तै कैलारी गाउँपालिका ५ का अंकित बोहराको घरको छाना उडाएको छ।

    घरको छाना उडाउँदा घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
    हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको छ। धनगढीमा पनि हावाहुरी र बर्षाको कारण बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]