राजनीति

माधवजीले अहिल्यै धोका दिएको भन्न मिल्दैन : प्रचण्ड

बैशाख ३१, २०७८

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको माधव नेपाल समूहले धोका दिएको भनेर टिप्पणी गर्न नमिल्ने बताएका छन्। 

    संसद भवनमा कोरोनाविरुद्धको खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिले नै धोका दिएको भन्न नमिल्ने बताए। ‘धोका भन्ने शब्द म प्रयोग गर्न चाहन्न, उहाँहरु भित्र केही समस्या पक्कै भए होलान्। उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै रहनुभएको हुनाले अहिल्यै नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लाग्या छ।' उनले भने,‘म आशा गर्छु कि उहाँहरु संविधान, लोकतन्त्र र सत्यको पक्षमा संघर्ष अघि बढाउनुहुन्छ र हाम्रो एकैठाउँमा फेरि भेट हुन्छ ।’

    केपी ओलीको विस्थापनका लागि वैकल्पिक सरकार गठन गर्न राजीनामा गरेरै भएपनि साथ दिने आश्वासन दिएको माधव समूह अन्ततः पछि हटेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भइसकेका छन्। 

    प्रचण्डले अब आफ्नो पार्टी प्रतिपक्षमा बस्ने र सरकारका गलत काम कारवाहीको आलोचना गर्ने बताए। ‘प्रतिपक्षीको हैसियतले हामीले सरकारका गलत काम कारवाहीको आलोचना गर्छाैं, उनले भने, 'जनतालाई राहत दिने कुरामा र  संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्षमा हुन्छौं।’ 

    उनले संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनका लागि आफ्नो पार्टी जहिले पनि तयार हुने तर संविधान विरोधी ढंगले भयो भने विरोध हुन पनि बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]