समाज

पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज

फाइल फोटो
बैशाख ३१, २०७८

    काठमाडौं : पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना संक्रमण भएर २१ दिनअघि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत उनी पूर्ण रुपमा स्वस्थ भएर शुक्रबार अपरान्ह डिस्चार्ज भएकी हुन्। 

    उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाहसमेत डिस्चार्ज भएकी अस्पतालले जनाएको छ। अस्पताल आएदेखि नै पूर्वरानी शाहको अवस्था बिग्रिएको थियो। उनलाई आइसियुमा अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो।

    अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए। त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन्। 

    पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो । 

    पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जयसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।

    भारतकाे कुम्भ मेलाबाट फर्किएपछि उनीहरु संक्रमित भएका थिए।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]