समाज

मेची किनारमा संक्रमितको शव जलाउन दिने सहमति

बैशाख ३१, २०७८

    झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची नदी किनारमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न दिनेमा स्थानीयवासी सहमत भएका छन्।

    गाउँघरनजिकै सङ्क्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै विरोधमा उत्रिएका स्थानीयवासी आफ्नो अडानबाट पछि हट्दै सङ्क्रमितको दाहसंस्कार गर्न दिनेमा सहमत भएका हुन्।

    गाउँमा शुक्रबार बसेको स्थानीयको एक भेलाले कोरोना सङ्क्रमितको शव माटोमा गाड्न नदिने बरु शवलाई जलाउन दिने भन्दै निर्णय गरेका छन्। उक्त निर्णयलाई कार्यान्वयन ल्याउन स्थानीय सरकार र प्रशासनसमक्ष आग्रहसमेत गरेका छन्। 

    कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पालिकावासीलाई मेची नदी किनारसँगै रहेको पाठामारी बस्ती नजिकै माटोमा गाड्ने कार्यले गाउँघरमा कोरोना संक्रमण जस्तो प्राणघातक रोग फैलिने सक्ने बैठकले निष्कर्ष निकाल्दै शवलाई जलाउने व्यवस्था मिलाउन सरोकारवाला पक्षसमक्ष माग राखेको स्थानीय धर्मप्रसाद गणेशले जानकारी दिए।

    सङ्क्रमितको शवलाई मेची नदी किनारामा गाड्ने प्रयास भएपछि स्थानीयवासीले प्रतिवाद गर्नुपर्ने विडम्बना आएको भन्दै स्थानीय भरतकुमार गणेशले भने, ‘नदीको घाटमा जलाउने व्यवस्था मिलाए सङ्क्रमितको शव बोकेको एम्बुलेन्सलाई गाउँवासीले अवरोध गर्दैनन्।’ गाउँवासीको मागलाई उल्लङ्घन गर्दै पुनः सङ्क्रमितको शवलाई गाड्ने काम गरियो भने त्यसको प्रतिकारमा गाउँवासी उत्रिने उनको भनाई छ।

    पछिल्लो पटक कचनकवल गाउँपालिका-७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय संक्रमित पुरुषको मेची कोभिड उपचार केन्द्र भद्रपुरमा बुधवार बिहान ३ बजे मृत्यु भएको थियो। सङ्क्रमितको शवलाई खाल्डो खनेर गाड्न खोजिएपछि त्यहाँका स्थानीयवासीले शव बोकेको एम्बुलेन्सलाई बाटैमा रोकेर अवरोध गरेका थिए।

    स्थानीयले सडकमै ठूल्ठुला ढुङ्गा राखेर करिब पाँच घण्टा सडक अवरोध गरेपछि घटनास्थलमा ठूलो सङ्ख्यामा सशस्त्र र नेपाली प्रहरी परिचालन गरिएको थियो। अन्ततः सुरक्षाकर्मीले बल प्रयोग गरेर त्यहाँबाट शव बोकेको एम्बुलेन्सलाई मृतककै घरनजिकै लगेर दाहसंस्कार गरेका थिए।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]