विश्व

भारतले कोरोनाविरुद्धको औषधि बनायो, आजदेखि प्रयोगमा

जेठ ३, २०७८

    काठमाडौं : भारतले आज पहिलो पटक कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउने भएको छ। 

    केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले आज २–डीजी नामको औषधि प्रयोगको सुरुवात गर्दै छन्। यो अ‍ौषधि त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले बनाएको हो। यो औषधिलाई भारतको औषधि महानियन्त्रक डीजीसीआईले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। 

    राजनाथ सिंहले ट्विट गर्दै यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलाएर साइन्सेज इनमासले डाक्टर रेड्डिज ल्याब्रोटेरिजसँग मिलेर बनाएको जानकारी दिए।

    २–डीजी औषधिले बिरामीलाई अक्सिजनमाथिको निर्धरता कम गर्ने बताइएको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमणमा सबैभन्दा धेरै अक्सिजनको अभाव झेल्नु परेको थियो। 

    राजधानी दिल्लीसहित देशका कयौँ राज्यमा अक्सिजनको अभावमा कोरोनाका बिरामीहरुले ज्यान गुमाउनु परेको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेपछि विश्वका थुप्रै देशले भारतलाई अक्सिजन र अक्सिजन सिलिण्डर सहयोग गरेका थिए।

    यसअघि कोरोनाका संक्रमितहरुलाई रेम्डेसिभिर औषधि प्रयोग गरिँदै आएको छ। यो औषधिले संक्रमणमुक्त हुने अवधि घटाउने विश्वासमा प्रयोग गरिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]