स्वास्थ्य

उपत्यकामा थपिए तीन हजारबढी संक्रमित

जेठ ३, २०७८

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप तीन हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ४६ भक्तपुरमा २ सय ९८ र ललितपुर जिल्लामा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

    काठमाडौंमा २८ हजार पाँच सय २७ जना सक्रिय संक्रमित छन् भने,अहिलेसम्म ११ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।

    त्यस्तै,भक्तपुरमा अहिले पाँच हजार ७६ जना सक्रिय संक्रमित संख्या छ भने,दुई सय ३५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय ७१ छ।

    हालसम्म तीन सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]