काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
दैलेख : दुल्लु नगरपालिका–३ सियालामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको हो। ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार जिपमा दुईजना मात्र थिए। निषेधाज्ञाको बेला उक्त जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।