राजनीति

जसपामा भाँडियो सहमति : महन्थलगत्तै उपेन्द्रको अर्को पत्र, सहमतिमा ब्रेक!

जेठ ४, २०७८

    काठमाडौं : जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो। 

    अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि सहमति भाँडिएको हो। अध्यक्ष ठाकुरले पत्र पठाएलगत्तै अर्का अध्यक्ष यादवले पनि संसदीय दलमा कोही नेता चयन नगरेको भन्दै अर्को पत्र पठाएका छन्। दलको विधान समेत नबनेको अवस्थामा दलको नेता चयन हुन नसक्ने उनले दाबी छ। 

    यादव भन्छन्, ‘पार्टीलाई सहमतिमा अगाडि बढाउनका लागि ८ र ९ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ। त्यसअघिको कुनै निर्णय मान्य हुँदैन।’ 

    सत्ता गठबन्धनमा निर्णायक बनेको जसपा भित्रको विवादले राजनीति तरंग पैदा भइरहेको छ। अध्यक्ष ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको  मान्य नहुने दाबी गर्दै आएको थियो। 

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या गठबन्धनको सरकार बनाउने भन्ने विवाद उत्कर्षमा पुग्दा जसपा विभाजनको डिलमा पुगेको थियो। यसअघि ओली संसद्मा विश्वासको मत लिदैगर्दा ठाकुरपक्ष तटस्थ बसेको थियो भने यादवपक्ष विपक्षमा उभिएको थियो। 

    पुनः नियुक्तिपछि  ओलीले संसद्मा विश्वासको मत लिने तयारी गर्दैगर्दा अध्यक्ष यादव भने पार्टीभित्र सहमति गरेर एकीकृत रुपमा नै ओलीको विपक्षमा उभिने धारणा सार्वजनिक गर्ने बताएका थिए। 

    ठाकुर र यादवबीच सरकारमा नगएर आफ्नै नेतृत्वको सरकार बनाउने पहल गर्ने सहमति बनेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]