काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : सरकारबाटै निर्वाचन आचारसंहिता पालना नभएको निर्वाचन आयोगले बताएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा मत माग्ने तथा प्रचार प्रसार गर्न नपाइने भए पनि त्यस प्रकारका गतिविधि भइरहेको भन्दै सबैको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीको अपिलले पनि निर्वाचन आचारसंहिता उल्लंघन भएको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्रीजीको विज्ञप्ति पूरै पढ्न पाएको छैन, तर बाहिर आएजस्तो कसैलाई भोट हाल्नु भन्नु नै भएको हो भने त्यो आचारसंहिताबाहिर पर्छ', उनले भनेका छन्।
'स्वयं उम्मेदवारले त आफूलाई मौन अवधिमा भोट माग्न पाउँदैनन् भने अरुको त के कुरा,' उनले प्रतिप्रश्न गरेका छन्। बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि हेटौँडा–४ स्थित भुटनदेवी माविमा भोलि बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।