समाज

लमजुङमा जम्मा भए ७२ वटा अक्सिजन सिलिण्डर

जेठ ६, २०७८

    लमजुङ  : लमजुङमा ७२ वटा अक्सिजन सिलिण्डर संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणसँगै जिल्लामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन प्रशासन कार्यालयले अक्सिजन सिलिण्डर बुझाउन आग्रह गरेसँगै जिल्लामा ७२ सिलिण्डर संकलन भएको हो।

    देशका विभन्न स्थानमा अक्सिजनको कमी हुने अवस्था आएकाले जिल्लामा संभावित जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयले वैशाख २६ गते आइतवार सार्वजनिक सूचना जारी गरी जिल्ला भित्र व्यक्ति, संस्था, उद्योग कलकारखाना, व्यवसायलगायतलाई आफूसँग भएका अक्सिजन सिलिण्डर उपलव्ध गराउन आग्रह गरेको थियो।

    प्रशासनको आग्रह अनुसार विभिन्न क्षेत्रबाट सो संख्यामा सिलिण्डर संकलन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जानकारी दिए। ७२ सिलिण्डर मध्ये जिल्लाका विभिन्न जलविद्युत आयोजनाबाट ४२ वटा, अक्सिजन डिलरबाट २० वटा र विभिन्न उद्योग, सप्लायर्स, ग्यारेजलगायतबाट १० वटा प्राप्त भएको हो। प्राप्त सिलिण्डर मा ४५ वटा खाली र २७ वटा भरी रहेको प्रशासकीय अधिकृत मिश्रले  बताए।

    जिल्लामा कोभिड १९ को संक्रमण बढीरहेको र संक्रमितहरुको उपचारका लागि आवश्यक अक्सिजनको आवश्यकता दिनानुदिन बढिरहेको अवस्थामा अक्सिजनको अभाव सिर्जना हुने सक्ने सम्भावनालाई दृष्टिगत गरी अक्सिजन सिलिण्डर संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए।

    प्रशासनमा संकलन भएको अक्सिजन सिलिण्डर आवश्यकताअनुसार जिल्ला स्वास्थ्य कार्यालयमार्फत कोभिड संक्रमतिको उपचार गराउन तोकिएका अस्पताललाई बुझाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]