राजनीति

एमाले कार्यदलको बैठक : संसद विघटनमा नेपाल पक्षको चासो

जेठ ७, २०७८

    काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसेको छ। 

    शुक्रबार साँझ बसेको बैठक केहीबेरमा सकिएको थियो । बैठकमा पार्टीभित्र भइरहेका पछिल्ला गतिविधिबारे छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहेका कार्यदलका सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए। 

    बैठकमा माधवकुमार नेपाल तर्फका नेताहरुले फेरि पनि संसद विघटन हुन्छ कि भन्ने आशंका व्यक्त गरेका थिए । जवाफमा आफूहरुले त्यस्तो नहुने विषयमा आश्वस्त पार्ने कोशिस गरे पनि निष्कर्षमा भने पुगिनसकेको ज्ञवालीले बताए । 

    उनकाअनुसार अर्को बैठक छिट्टै बस्ने गरि टुंगिएको हो। पछिल्लो ३ दिन यता कार्यदलको बैठक बस्न सकेको थिएन।

    बिहीबार भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाल समूहले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मत नदिएपछि पार्टीभित्र विवाद झनै बढेको छ ।

    यसबीचमा राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरे पछि नेपाल समूह विपक्षी मोर्चामा सहभागी भइसकेको छ। यति हुँदाहुँदै पनि कार्यदलले एकता जोगाउन हरसम्भव प्रयास गरेको ज्ञवालीले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]