राजनीति

महाव्याधिमा मध्यावधिको रंगीन सपना महंगो : कांग्रेस प्रवक्ता शर्मा

जेठ ८, २०७८

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने उल्लेख गरेका छन्‌। 

    शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी दलका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्। 

    बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी! महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ, संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ,' शर्माले ट्वीटरमा लेखेका छन्‌, 'महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ! तर  हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]