राजनीति

पूर्वसभामुखसँग सभामुखको छलफल जारी

जेठ ११, २०७८

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग अहिले छलफल गरिरहेका छन्।

    संसद भवन नयाँबानेश्वरस्थित भइरहेको छलफलमा पूर्वसभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाट भने भर्चुअल माध्यामबाट बैठकमा जोडिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। 

    उनका अनुसार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा सहभागी छैनन्। सभामुख सापकोटाले एकै कार्यकालमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुखले परामर्श थालेका हुन्। 

    उनले यसअघि कानुन व्यवसायीसँगको परामर्शपछि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताइसकेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]