समाज : सुरक्षा/अपराध

लकडाउनका बेला दाङमा सवारीसाधन चोरीका घटना बढे

जेठ १३, २०७८

    दाङ :  जिल्लामा लकडाउनको अवधिमा सवारीसाधन चोरीको घटना बढेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालसम्म ८ वटा साना तथा ठूला सवारी साधन हराएका छन्। तीमध्ये ७ वटा सवारीसाधन बेवारिसे अवस्थामा जिल्लाका विभिन्न स्थानमा तथा जिल्ला बाहिर भेटिएका छन्।

    जिल्लामा लकडाउनको मौका छोपी  विभिन्न स्थानबाट मोटरसाइकल र पिकअप गाडी  गरी ८ वटा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तीमध्ये ७ वटा सवारीसाधन फेला परेका छन् भने एउटा  गाडी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजाल जानकारी दिए।

    उनका अनुसार  यही जेठ १० घोराही १५ सुस्मारोडबाट रा५प ८२५८ नम्बरको मोटरसाइकल हराएकोमा मंगलबार फेला परेको छ। उक्त मोटरसाइकल घोराही १५ रतनपुरमा बेवारिसे अवस्थामा फेला परेपछि सवारी धनीलाई बुझाइएको उनले बताए।

    त्यस्तैगरी, जेठ २ गते तुलसीपुर १७ दुधरासबाट रा ५ प ४४०७ नम्वरको पल्सर मोटरसाइकल हराएकोमा सोही दिन राति प्रहरीले घोराही १३ बसपार्कमा फेला पारेको थियो।

    प्रहरीका अनुसार जेठ ५ गते लमही बजारबाट भे१च १५२६ नम्बरको बोलेरो पिकअप गाडी हराएकोमा जेठ १० गते कैलालीमा फेला परेको हो। चोरीमा संलग्न भएको आरोपमा तुलसीपुर ५ निवासी १६ वर्षीय नवीन सार्की, सोही ठाउँका २६ वर्षीय विश्व रोका मगरलाई पक्राउ गरी मुद्दा चलाएको प्रवक्ता रिजालले जानकारी दिए।

    यस्तै, गत वैशाख २९ गते तुलसीपुर १७ बेलझुण्डीबाट भे१च २०६९ नम्बरको बलेरो पिकअप गाडी हराएकोमा प्रहरी टोलीले जेठ १ गते रौतहटमा फेला पारेको समेत उनले जानकारी दिए।

    सोही दिन घोराही १७ भैसाही चोकबाट भे१च १६९४ नम्बरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा राति तुलसीपुर १८ बेलझुण्डीस्थित बाबुराम बस्नेतको घरअगिड फेला परेको थियो। गत वैशाख २८ गते तुलसीपुर ५ पुरानो बसपार्कबाट लु१च ४५७८ नम्बरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा २९ गते कपिलबस्तुको जंगलमा फेला परेको थियो।

    गत वैशाख २४ गते घोराही १४ गणेश मन्दिरबाट भे१च ११९२ नम्बरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा सोही दिन लमहीमा फेला परेका, सोही दिन लमही ५ बसपार्कबाट भे १ च २१४४ नम्बरको टाटा सुमो सिल्भर कलरको गाडी हराएकोमा हाल सम्म फेला नपरेको प्रहरीले बताएको छ।

    उक्त गाडीको खोजीकार्य भइरहेको डिएसपी रिजालले जानकारी दिए। फेला परेका सबै गाडी गाडीधनीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। साथै लकडाउन अवधिभर चोरीका घटना बढ्न सक्ने हुनाले आ–आफ्नो धनमालको समेत विशेष सावधानी सुरक्षित तवरले राख्न प्रहरीले आग्रह गरेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]