टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ। साँझ ६ बजेर ११ मिन...
काठमाडौं : अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ।
उनीहरु सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले बताएका छन्। उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने छ।
मृतकहरुमा ५५ बर्षिय एडवार्ड म्याकडेनीएल जुनियर तथा ६३ बर्षिय ब्रेन्डा म्याकडेनिएल भएको प्रहरीले जनाएको छन्। उनीहरुलाई गोली हान्ने फोर्ट वाशिंगटन मेरिल्याण्डका १९ वर्षीय डि एञ्जेलो स्ट्राण्ड र २० वर्षीय रोनी मार्शललाई बिहिबार मे २७ का दिन पक्राउ गरिएको छ।
मृतक दुवै जना अमेरिकी सेनाका कार्यरत चिकित्सकहरू थिए भने एडवार्ड अझ पनि सक्रिय रुपमा सेनामा सेवारत थिए। उक्त घटना गत मे २६ का दिन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।