स्वास्थ्य

स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर दुई जनाको मृत्यु

जेठ १४, २०७८

    बाँके : भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर दुई जनाको मृत्यु भएको जनाएको छ।

    अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी अराजक मानिसले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा आइसियूमा रहेका थप दुई कोरोना संक्रमितको उपचार नपाएर मृत्यु भएको जनाएको हो। बेलुका सवा ९ बजे र १२ बजे ए ७ र बी ४९ नम्बर बेडमा उपचाररत् बिरामीको मृत्यु भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। 

    ज्यान गुमाउने दुबै बिरामी स्वास्थ्यकर्मीकै आफन्त रहेको पनि अस्पतालले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४–५ जनाको समूहले बेलुकी करिब ८ बजे अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।

    ज्यान जोगाउन चिकित्सक तथा नर्स झ्यालबाट हाम फाल्नुपरेको अस्पतालले जनाएको छ। यस्तो अवस्थामा ती दुई बिरामीको उपचारमा बाधा परेको विज्ञप्तिमा जनाइएको छ।

    अस्पतालकाअनुसार रावतलाई  जेठ ४ गते भर्ना गरिएको थियो। उनी दाङबाट ल्याइएका थिए। अस्पतालले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। यो सँगै बाँकेमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ।

    भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दिया र दाङका दुई÷दुई जना तथा बाँके र जाजरकोटका एक÷एक जना छन्।  

    यो सँगै कोरोनाबाट बाँकेका दुई सय ८७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका दुई सय ६९ जनाको मृत्यु भएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]