स्वास्थ्य

हेटौंडा अस्पतालमा राति मृत्यु भएका संक्रमितको शव छुट्टै राख्न थालियो

जेठ १५, २०७८

    हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले कोरोना संक्रमणबाट राति मृत्यु भएकाहरुलाई राति नै वार्डबाट छुट्टै राख्ने व्यवस्था गरेको छ। यसअघि राति ९ बजेपछि मृत्यु भएमा रातभरि कोरोना संक्रमित उपचाररत वार्डमै शव राख्ने गरिँदै आइएको थियो।

    गत जेठ ७ गते थाहाखबरले ‘रातभर शवसँगै सुत्छन् कोरोना संक्रमित’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अस्पताल प्रशासन शव व्यवस्थापन गर्न सक्रिय बनेको थियो। राति ९ बजेपछि संक्रमितको मृत्यु भए नेपाली सेनाको शव व्यवस्थापन टोली शव व्यवस्थापन गर्न नआउने भन्दै अस्पतालले शवलाई रातभरि उपचाररत वार्डमै राख्ने गरेको थियो। जसले  गर्दा अन्य संक्रमितको मनोबलमा असर परेको समाचार थाहाखबरमा आएपछि अस्पतालले शुक्रबारदेखि शव राख्ने छुट्टै कक्षको व्यवस्था गरेको छ।

    अस्पतालका अध्यक्ष राजेश प्रसाईंले शुक्रबार राति ९ः४५ मा मृत्यु भएका संक्रमितको शव आधा घण्टामै निकालेर शव व्यवस्थापन कक्षमा राखिएको बताए। उनले अस्पतालले शव राख्ने छुट्टै कोठा र तीनजना कर्मचारी नै शवको व्यवस्थापनका लागि छुट्याएको बताए। 

    ‘काम गर्दै जाँदा हामीले ती कुरामा त्यति ध्यान दिन सकेका थिएनौं,’ उनले भने, ‘तर, सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि हामीले अस्पतालका तीनजना कर्मचारीलाई कोरोना संक्रमितको मृत्यु भएको आधा घण्टाभित्र शवलाई निकालेर शव व्यवस्थापन कक्षमा राख्न जिम्मा दिएका छौं।’ कहिले काही नेपाली सेनाको शव व्यवस्थापन टोली आउन ढिला हुने गरेको भन्दै प्रसाईंले अहिले अस्पतालले दिउँसो मृत्यु भएकाहरुलाई पनि आफंैले निकालेर शव व्यवस्थापन कक्षमा राख्ने गरेको बताए। शवलाई धेरै समयसम्म उपचाररत वार्डमै राख्दा अन्य कोरोना संक्रमितको मनोबल गिर्ने र बेड पनि खाली नहुने समस्या हुने गरेको बताए।

    उनले समाचार प्रकाशन भएपछि विभिन्न संघ सस्ंथाले अस्पतालले गर्न नसकेको खण्डमा शव व्यवस्थापन गर्ने भन्दै अस्पताललाई अनुरोध गरेको पनि बताए। अस्पतालले त्यस विषयमा पनि सम्बन्धित निकायसँग छलफल गरिरहेको उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]