अर्थ

तीनकुने–जडीबुटी सुरुङमार्ग निर्माण गर्न १ अर्ब ८० करोड विनियोजन

जेठ १५, २०७८

    काठमाडौं : काठमाडौंको जाम हटाउन सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।

    अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।

    यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त तीन सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए।

    यस्तै, दुई वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न दुई अर्ब ६४ करोड बजेट विनियोजन गरिएको पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]