राजनीति

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता, सुनुवाइ सुरु

जेठ १८, २०७८

    काठमाडौं :  संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। 

    आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि आज पनि इजलासमा पहिलेकै न्यायाधीशहरूलाई निरन्तरता दिइएको हो। 

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]