विश्व

पाकिस्तानले पनि बनायो कोरोना खोप, नाम राखियो 'पाकभ्याक'

जेठ १९, २०७८

    पाकिस्तानले चीनको मद्दतमा कोरोनाको खोप (भ्याक्सिन) तयार गरेको छ। पाकभ्याक नाम राखिएको उक्त भ्याक्सिन मङ्गलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भनेका छन्।

    भ्याक्सिन सार्वजनिक गर्दै मन्त्री उमरले चिनियाँ सहयोगी र भ्याक्सिन विकासमा संलग्न पाकिस्तानी स्वास्थ्यकर्मीको समूहलाई धन्यवाद दिए। पश्चिमा भ्याक्सिनको तुलनामा आफ्ना नागरिकले चिनियाँ भ्याक्सिनलाई प्राथमिकता दिएको पनि उनले बताए।

    ‘स्वास्थ्यकर्मीले एस्ट्राजेनेका उपलब्ध भएको बताउँदा भ्याक्सिन लगाउन आएकाहरूले सिनोफार्मको माग गर्ने गरेका छन्। जब उनीहरूलाई सिनोफार्म उपलब्ध नभएको बताइन्छ‚ उनीहरू भ्याक्सिन नलगाइ फर्कने गरेका छन्’ उनले भने।

    मन्त्री उमरका अनुसार सरकारले आफ्ना नागरिकको प्राथमिकता थाहा पाउन भ्याक्सिनसम्बन्धी सर्वेक्षण गराएको थियो। ‘हामीले सूचीमा सबै भ्याक्सिनको नाम राखेका थियौं‚सिनोफार्म देशभरका मानिसहरूको पहिलो रोजाइमा परेको देखियो।’

    उनले अगाडि थपे‚‘तर हामीले पाकभ्याकलाई नै प्राथमिकता दिनुपर्छ‚ किनकी यो हामीले मिलेर तयार पारेका हौं। यो एक प्रकारको क्रान्ति हो।’

    कसरी गर्‍यो चीनले मद्दत?

    प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर फैसल सुल्तानले पाकिस्तानले आफ्ना साथीहरूको मद्दतबाट चुनौतीलाई अवसरमा बदल्ने कोशिश गरिराखेको बताए। ‘कोभिड–१९ को सामना गर्ने क्रममा मित्रराष्ट्र चीन हाम्रो सबैभन्दा नजिक रह्यो’‚ उनले भने।

    ‘चीनले कच्चा सामग्री उपलब्ध गराए पनि भ्याक्सिनको विकास गर्ने कार्य सजिलो थिएन’‚ सुल्तानले भने। उनका अनुसार केही दिनमै ठूलो परिमाणमा भ्याक्सिनको उत्पादन सुरू हुनेछ।

    पाकिस्तानी अखबार डनलाई उधृत गर्दै बिबिसीले जनाएअनुसार चिनियाँ सरकारी फर्मास्युटिकल कम्पनी क्यान्सिनोको मद्दतमा पाकिस्तानले भ्याक्सिनको विकास गरिएको हो। चीनबाट कन्सन्ट्रेटेडरुपमा पाकिस्तान ल्याइ इस्लामावादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा प्याकेजिङ गरिने रिपोर्टमा उल्लेख छ।

    चीनले विकास गरेको पहिलो भ्याक्सिन क्यान्सिनोको पाकिस्तानमा क्लिनिकल ट्रायल गरिएको थियो। १८ हजार पाकिस्तानी नागरिकमा क्यान्सिनोको परीक्षण गरिएको थियो।

    डाक्टर सुल्तानले ट्वीट गर्दै भनेका छन्‚‘एनआइएचमा आजबाट भ्याक्सिन मिलाउने, भर्ने र तयार पार्ने काम सुरू हुँदैछ। आत्मनिर्भरता हासिल गर्ने दिशातर्फको यात्रामा यो एउटा कोशेढुंगा हो।’

    पाकिस्तानमा महामारीबाट अहिलेसम्म ९ लाख २२ हजार मानिस संक्रमित भएका छन् भने लगभग २१ हजारको मृत्यु भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]