समाज

प्रभावकारी बन्दै ‘अक्सिजनका लागि मेरो एक हजार’ अभियान, १० लाख संकलन

जेठ १९, २०७८

    दाङ : कोरोना सङ्क्रमितका लागि अक्सिजनको अभाव भएपछि जिल्लामा नागरिकस्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ। जिल्लामा वैशाख महिनादेखि  जेठको पहिलो हप्तासम्म जिल्लामा अक्सिजनको एकदमै अभाव थियो।

    जिल्लामा भएको कोरोना अस्पतालले पनि अक्सिजन अभावका कारण सङ्क्रमितहरुलाई भर्ना नलिएको अवस्था  थियो, भने अस्पतालमा भएका सङ्क्रमितहरु पनि अक्सिजन नपाएरै ज्यान गुमाएका थिए। त्यसै अवस्थालाई मध्यनजर गरी जिल्लामा ‘अक्सिजनको लागि मेरो एक हजार’ अभियान शुरु गरिएको थियो। अहिले पनि उक्त अभियान निरन्तर चलिरहेको छ।

    घोराहीमा  दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको थियो, भने तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघले गरेको छ। जिल्लाका १० पालिकाहरुमध्य] कुनैले आइसोलेसन सेन्टर सञ्चालन गरेका छन्, भने कुनैले २० देखि ५० बेडसम्मको  अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालन गरेका छन्।

    १० लाख बढी संकलन

    जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रुपैयाँ अभियान हालसम्म १० लाख बढी रकम देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन भएको अभियानका संयोजक एवं संघका निर्वतमान अध्यक्ष नारायण भुसालले बताए।

    उनका अनुसार संकलन भएको रकमबाट एक हजार ३७ वटा अक्सिजन सिलिन्डर रिफिल गरेर ल्याइएको छ। उक्त अभियानले अक्सिजन सिलिन्डर रिफिल गर्नमा आफूहरुलाई धेरै सहज भएको समेत उनले बताए। उनले भने, ‘जुन समयमा दाङमा अक्सिजनको अभाव धेरै भएको थियो। त्यस बेला हामीले रात दिन नभनी अक्सिजनको व्‍यवस्था गरेका थियौँ। त्यो पनि हामीले चलाएको अभियानले हामीलाई धेरै सहज भयो।’

    आफूहरूले मुख्यत: कोरोना विशेष अस्पताल र घोराहीमा रहेको प्रतिष्ठानलाई मात्र प्राथामिकतामा राखेर अक्सिजन सहयोग गरेको उनको भनाइ छ। उनका अनुसार आफूहरूलाई अक्सिजन अभावको समयमा पोखरा, इटहरी, नेपालगञ्जका संघबाट र स्थानीय प्रशासनबाट धेरै सहयोग भएको थियो।

    ‘शुरुमा हामीलाई एक हजार अभियानलाई के नामाकरण गर्ने भन्ने भइरहेको थियो,‘ उनले भने, ‘तर, त्यो समयमा जिल्लामा अक्सिजनको अत्यन्त माग भइरहेको अवस्थामा अक्सिजन बैंक राखेर शुरु गरेका हौँ। अहिले पनि हामीलाई सहयोग आइरहेको छ। त्यो सहयोग अन्य स्वास्थ्य सामग्रीमा नभई अक्सिजनमा मात्र हुनेछ।’

    त्यस्तै, तुलसीपुरमा पनि सञ्चालन गरेको ‘मेरो एक हजार’ अभियानका अभियन्ता पदम पोख्रेलले  बताए। उक्त रकम मेट्रो अस्पताललाई हस्तान्तरणसमेत उनले बताए।  अभियानमा तुलसीपुरलगायत विदेशमा रहेका नागरिकहरुले स्वतःस्फूर्त रूपमा सहयोग गरेको उनले बताए। यता, अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व-अध्यक्ष   विमल रिजलाले बताए। उनका अनुसार कोरोना बिरामीहरुलाई अक्सिजनको कमी हुन नदिनको लागि  यो अभियान शुरु गरिएको हो।

    उनले भने, ‘हाम्रो अभियानको मुख्य लक्ष्य भनेको  यो कोरोना महामारीका प्रत्येक ब्यक्तिले  एउटा   अक्सिजन  सिलिन्डरको लागि सहयोग गरौँ भन्ने नै हो। हाम्रो अभियानमा सबै ठाउँबाट सहयोग भइरहेको छ।’

    त्यस्तै, उनले अपेक्षा गरेको अनुसार अभियानमा रकम संकलन नभएको समेत बताए। साथै, उनले यो कोरोना महामारी छिट्टै अन्त्य हुने अवस्था नरहेकाले आपूmहरुले अब अक्सिजन सिलिन्डर खरिद भन्दा पनि तुलसीपुरमा अक्सिजन प्लान्ट नै स्थापना गर्ने योजनामा रहेको समेत बताए। अहिले तुलसीपुरमा नेपालगञ्ज, चितवन र दाङको घोराहीबाट अक्सिजन सिलिन्डरहरु रिफिल गरेर ल्याउने गरेको समेत उनले बताए।

    यता, प्रमुख जिल्ला अधिकारी  दीर्घनारायण पौडलले घोराहीमा उद्योग वाणिज्य संघर अन्य संस्थाहरु मिलेर अक्सिजन ल्याइरहेको बताए। त्यस्तै, अक्सिजन वितरण गर्दा पहिलो प्राथामिकतामा  कोरोना विशेष अस्पताल बेलझुण्डी, दोस्रोमा प्रतिष्ठान र तेस्रोमा लमहीमा रहेको कोरोना अस्पताललाई दिएको समेत उनले बताए।

    त्यस्तै, अन्य निजी अस्पतालल र व्‍यक्ति विशेषलाई आवश्यकताअनुसार दिने गरेको समेत उनले बताए। अहिले जिल्लामा दैनिक ३ सयको हाराहारीमा अक्सिजन सिलिन्डरहरू खपत भइरहेको र अहिले ती ३ वटा अस्पतालमा अक्सिजनको कमी हुन नदिएको समेत उनको भनाइ छ।

विकास डाँगी

डाँगी थाहा खबरका दाङ समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]