समाज : सुरक्षा/अपराध

फरार चार अभियुक्त चारनाल भरुवा बन्दुकसहित पक्राउ

जेठ २०, २०७८

    विराटनगर : शिकार खेल्ने क्रममा आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार भएका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    शिकार खेल्न गएका १० जनामध्ये गजेन्द्र बहादुर राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तकुमार राईको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि फरार रहेका उनीहरुलाई चारनाल भरुवा बन्दुकसहि प्रहरीले बुधबार नियन्त्रणमा लिएर बिहीबार सार्वजनिक गरेको हो।

    मोरङको केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोपमा गत बैशाख ८ गते शिकार खेल्न गएको समयमा हस्तकुमारको गोली लागेर मृत्यु भएको थियो। घटना भएको भोलिपल्ट बैशाख ९ गते प्रहरीले शिकार खेल्न गएकामध्ये एकथान भरुवा बन्दुकसहित रुविन लिम्बु र गजेन्द्रबहादुर राईलाई पक्राउ गरेको थियो।

    उनीहरुलाई ज्यान सम्बन्धी र हातहतियार खरखजाना कसूरमा अनुसन्धान गरिरहेको बेला अन्यलाई समेत प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

    प्रवक्ता राईका अनुसार घटनामा संलग्न केराबारी–३ का डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बूलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरेपछि केराबारी–३ को बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा लुकाएर राखेको एक थान भरुवा बन्दुक बरामद गरिएको छ। यसैगरी लेटाङ–१ जंगलमा समेत लुकाई राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]