राजनीति

वन मन्त्रीसहित तीनजनाको मन्त्रालय खोसियो

जेठ २१, २०७८

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएपछि अहिले बहालवाला तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ।

    जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान लागेको हो। जसपाले पाउने ८ मन्त्रालयमध्ये ५ मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ । 

    जसपाले पाएको वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्री जिम्मेवारी विहीन हुने भएका हुन्। 

    वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेको पद खोसिएको हो ।

    उनीहरुका स्थानमा जसपाका क्रमशः एकवाल मियाँ, चन्दा चौधरी र लक्ष्मणलाल कर्ण नयाँ मन्त्री बन्दैछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]