खेलकुद

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो चरणमा पुगे जोकोभिच

जेठ २३, २०७८

    काठमाडौं : टेनिस स्टार नोभाक जोकोभिचले शनिबार नयाँ इतिहास बनाएका छन्।

    उनी फ्रेन्च ओपनमा लगातार १२ सिजन चौंथो चरणमा प्रवेश गरे। शीर्ष  वरीयताका जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म कुनै पनि सेट गुमाएका छैनन्। उनले तेस्रो चरणमा ९३ औं वरीयता प्राप्त रिकार्ड सबेरान्किन्सलाई ६-१ ६-४ र ६-१ को सोझो सेटमा पराजित गरे।

    पेरिसमा जोकोभिच भन्दा अघि २००५ देखी २०१५ सम्म नाडाल र फेडेररले लगातार चौंथो चरण पुगेका थिए। ३४ वर्षीय जोकोभिच दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने होडमा छन्। उनी समग्रमा १९ औ ग्रान्डसलामको खोजीमा रहेका छन्।

    सर्वियाका स्टार खेलाडीले अर्को चरणमा इटालिका १९ वर्षीय युवा खेलाडी लोरेंज मुसेट्टी सँग प्रतिस्पर्धा गर्नै छन्। १९ वर्षीय लोरेंज भने करिअरको पहिलो ग्रान्डसलाम खेल्दै छन्।

    फेडेरर–नाडाल पनि चौंथो चरणमा

    रोजर फेडेरर र राफले नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन्। प्रतिस्पर्धात्मक सेटमा स्वीस स्टार फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेका हुन्।

    ३९ वर्षीय फेडेररले ७-६, ७-५, ६-७, ३-७, ७-६. ७-४ र ७-५ को सेटमा जित निकाले। २० पटकका ग्राण्डसलाम विजेता स्वीस फेडेररले तीन घण्टा ३५ मिनेट कोर्टमा संघर्ष गरेका थिए।

    त्यस्तै अर्को खेलमा स्पेनिस स्टार राफेल नाडालले बेलायती खेलाडी क्यामेरोन नोरिएलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेका हुन्। तेस्रो वरीयता प्राप्त १३ पटकका च्याम्पियन नाडालले २५ वर्षका नोरिएलाई ६-३, ६-३ र ६-३ को सोझो सेटमा पराजित गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]