राजनीति

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दै छन् मन्त्री?

जेठ २३, २०७८

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। 

    प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। 

    एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना रहेको बालुवाटार स्रोत बताउँछ।  पूर्व माओवादीको रामबहादुर थापा समूहबाट तीनजनासम्म मन्त्री हुने सम्भावना रहेको  स्रोतको भनाइ छ। 

    त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ। प्रदेश नं २ कि ज्वालाकुमारी साह मन्त्री हुने करिब निश्चित भएको बताइएको छ। 

    एमालेबाट महेश बस्नेत र नारदमुनी राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा रहेको स्रोतको भनाइ छ। पछिल्लो पटक प्रधानमन्त्री ओलीले पुराना मन्त्रीलाई हटाएर जनता समाजवादी पार्टीका १० मन्त्रीसहित १७  सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। प्रधानमन्त्री ओलीले गृह र रक्षा सहित ७ मन्त्रालय आफ्नो मातहतमा राखेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]