राजनीति

प्रदेश २ काे बजेट अधिवेशन साेमबारका लागि आह्वान

जेठ २३, २०७८

    जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक भोलि बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबार बजेट अधिवेशन आह्वान गर्न लागेको छ। 

    मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झा अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।

    प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आव २०७८/०७९ को लागि तयार गरिएको पूर्व बजेटको टेबुल गर्ने कार्यसूची रहेको छ।

    प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्व–बजेट छलफलपछि मात्र संसदमा प्रस्तुत हुने भएको छ। जसअनुसार प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने जनाएको छ। 

    प्रदेश सभामा प्रदेश प्रमुख अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। नीति तथा कार्यक्रम पछि प्रि–बजेट छलफल गर्ने परम्परा भएपनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]