काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल समूहका नेतालाई समावेश गरी मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
गएराति पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको बताएका प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयमा खनाल–नेपाल समूहलाई भित्र्याउने तयारी गरेका हुन्।
कार्यदलमा भएको सहमति अनुसार नै प्रधानमन्त्री ओली जेठ २ मा फर्किन सहमत भएकाले अब मन्त्रिमण्डललाई पूर्णता दिन लागिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
नेम्बाङ भन्छन्, ‘पार्टी जेठ २ मा फर्किने भनिसकेपछि यो समूह र त्यो समूह भन्ने कुरै भएन। खाली रहेका मन्त्रालयमा पार्टीका नेतालाई नियुक्त गर्न प्रधानमन्त्रीले तयारी गर्नुभएको छ। खाली रहेका मन्त्रालयले एक दुई दिनभित्रै पूर्णता पाउँछ।’
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ मन्त्री र २ राज्यमन्त्री तथा पार्टीबाटै समेत गरी गत शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।
प्रधानमन्त्री ओलीले गृह, रक्षा, सूचना तथा सञ्चारसहित ७ मन्त्रालय मन्त्रालय आफू मातहतमा राखेका छन्। ती मन्त्रालयमा प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहका नेतालाई ल्याउने तयारी गरेका बालुवाटार स्रोतको भनाइ छ।
यद्यपि, असन्तुष्ट पक्षले भने जेठ २ मा फर्किने प्रधानमन्त्री ओलीको विज्ञप्ति प्रति आशंका जनाएको छ। जेठ २ मै फर्किने प्रधानमन्त्री ओलीकै प्रस्ताव मै आशंका रहेकाले मन्त्रिमण्डल बिस्तारमा आफ्नो पक्षको सहभागिता निकै परको विषय भएको खनाल–नेपाल समूहको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।