विश्व

चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदीले भिषा दिएन

जेठ २४, २०७८

    काठमाडौं : साउदी अरबले चिनियाँ खोप लगाएका पाकिस्तानीलाई भिषा दिन अस्वीकार गरेको छ। 

    खोप राहदानी नीति अंगिकार गरेको उसले रोजगारी, कारोबार वा हजका लागि साउदी जान चाहेका पाकिस्तानीलाई भिषा नदिएको हो।  पाकिस्तानी सञ्चारमाध्यमलाई उधृत गर्दै बीबीसी हिन्दीले तयार गरेको सामग्रीअनुसार पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले आफ्ना नागरिकलाई साउदी प्रवेशका लागि सहज बनाउनेबारे कुटनीतिक स्तरमा छलफल भइरहेको बताएका छन्। उनले प्रधानमन्त्री इमरान खानले चिनियाँ खोपलाई प्रयोगको अनुमति नदिएका देशहरुसँग कुटनीतिक रुपमा छलफल गरिरहेको बताएका छन्। 

    साउदी अरबलगायतका केही मध्यपूर्वी एसियाली देशहरुले चिनियाँ खोपलाई प्रयोगको अनुमति दिएका छैनन्। तर विश्व स्वास्थ्य संगठनले भने चिनियाँ कम्पनी सिनोफार्म र सिनोभ्याकले उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ। 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिएको छ। 
    साउदीले चिनियाँ खोप लगाएकालाई मुलुक प्रवेश गर्न नदिने भएपछि पाकिस्तानले हज गर्न जानेहरुका लागि अन्य कम्पनीको खोपको व्यवस्था गर्ने आश्वासन दिएको छ। पाकिस्तानले हजका लागि स्वीकृति पाएकाहरुलाई एक महिनाभित्र फाइजरको खोपको व्यवस्था गर्ने तयारी गरेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]