राजनीति

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

जेठ २४, २०७८

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। 

    भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्। शुक्रबार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। 

    एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वास नै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो।
    सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ। 

    विश्वासको मत कहिले लिने भनेर अहिले प्रदेश सभा सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको प्रदेश सभा सचिवालयका उप सचिव सिद्धराज चटौतले जानकारी दिए।

    आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको छ। सरकारले आज विश्वासको मत लिन खोजेको तर कांग्रेसले बिरोध गरेपछि भोलिका लागि सरेको कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बताए।

    जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यहाँको संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो।

    यस्तो छ अंकगणित

    सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

    माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]