राजनीति

प्रदेश २ : कांग्रेस र माओवादीसहित मन्त्रिपरिषद् पुनर्गठन तयारी

फाइल फोटो
जेठ २४, २०७८

    जनकपुरधाम : प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराएर आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन्।

    मुख्यमन्त्री राउतले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनकै लागि आइतबार राति जसपाको महन्त ठाकुर–राजेन्द्र महतो समूहका १ मन्त्री र ३  राज्यमन्त्रीसहित चार मन्त्रीलाई पदमुक्तसमेत गरिसकेका छन्।

    त्यसैगरी, कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनको लागि सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साह, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय सम्मीलित एक वार्ता टोलीसमेत गठन गरिएको छ।

    अहिले सरकार र कांग्रेस वार्ता टोलीबीच सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए। वार्ता टोलीमा  कांग्रेसको तर्फबाट कांग्रेसका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह सहभागी छन्।

    कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘सरकारमा के कति मन्त्रालय लिएर कांग्रेस सहभागी हुने विषयमा वार्ता चलिरहेको छ।’

    कांग्रेसका नेता राम सरोज यादवले आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल भएको र केन्द्रमा रहेको गठबन्धनअनुसार नै अघि बढ्ने कुरा तय भएको जनाएका छन्।

    त्यसैगरी, सरकारमा सहभागी हुने विषयमा रणनीति बनाउनको लागि माओवादी केन्द्रको संसदीय दलको बैठक पनि बस्दै छ। बैठकमा सरकारमै सहभागी हुने विषयमा छलफल र निर्णय हुने माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।

    माओवादी केन्द्रका संसदीय दलका नेता साहले भने, ‘यसअघि पनि सरकारमा सहभागी हुने विषयमा विभिन्न चरणमा छलफल भएको छ। वार्ता तथा छलफल सकरात्मक भई मन्त्रालयको टुंगो लाग्नेबित्तिकै सरकारमा सहभागि हुन्छौं।’

    सरकारमा सहभागी हुने विषयमा कांग्रेस र माओवादी केन्द्र सकरात्मक देखिएको र दुवै पक्षसँग सरकारले विभिन्न चरणमा छलफल गरेको जसपाका एक नेताले भने।

    मन्त्रालय बाडफाँडको टुंगो लागे सकभर आजै साँझसम्म कांग्रेस र माओवादी सरकारमा सहभागी हुने बताइएको छ। सरकारले केही मन्त्रालय फुटाएर कांग्रेस माओवादीलाई दिने तयारीसमेत गरेको छ।

    स्रोतका अनुसार कांग्रेसलाई २ र माओवादी केन्द्रलाई १ मन्त्रालय दिने तयारी रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]