राजनीति

हाम्रो मुख्यमन्त्री प्रदेश सभाको बैठक टिभीमा लाइभ ​हेर्नुहुन्छ : कँडेल

जेठ २६, २०७८

    काठमाडौं : नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको आलोचना गरेका छन्। 

    बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखेका हुन् । 

    ‘हुन त हामी एउटै पार्टीमा हुँदा उहाँ आफ्नै कार्यकक्षबाट प्रदेशसभाको बैठक टेलिभिजनमा लाइभ हेर्ने र नजिकका मन्त्रीहरुलाई ठोक्नुस् यसलाई भनेर निर्देशन दिनेवाला हुनुहुन्छ', उनले भने, ‘त्यस्तो मान्छे पदमा भएपछि कसरी हुन्छ ?’

    मुख्यमन्त्री शाहीतर्फ संकेत गर्दै नेता कँडेलले प्रश्न गरेका छन्, ‘जनयुद्धबाट आएको मानिसको मानसिकता यस्तै हो की के हो ?’

    यसअघि सोमबारको बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो। प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो।

    पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका ब्यक्तिलाइ प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।

    प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि यसअघि प्रदेशसभा बैठक अवरुद्ध भएको थियो । 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]