समाज

सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिने म्याद थप

साउन ६, २०७३

    काठमाडौं: सत्य निरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनको घटनाको उजुरी दिने म्याद थप गरेको छ। 
    आयोगले उजुरी दिने म्याद गत साउन ३ गतेदेखि सकिएकोमा उजुरी आउनेक्रम नरोकिएको र द्वन्द्वपीडितले आग्रह गरे अनुसार दोस्रो पटक म्याद थप गरिएको हो। बिहीबार एक सूचना जारी गर्दै आयोगले साउन २६ गतेसम्म उजुरी दिने सकिने व्यवस्था मिलाएको जनाएको छ। यसअघि असार दुई गते आयोगले ३० दिनका लागि समय थप गरेको थियो। आयोगले गएको वैशाख ५ गतेदेखि उजुरी आव्हान गरेको थियो।  

    उजुरी दिन चाहने व्यक्तिले आयोगको कार्यालय बबरमहल काठमाडौंमा आफै उपस्थित भएर वा आयोगको ईमले, फ्याक्स, टोल फ्री नम्बर वा नजिकको हुलाकमा रजिष्ट्री गरेर उजुरी दिन सक्ने सूचनामा उल्लेख गरिएको छ। 

    सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ५५ हजार भन्दा बढी उजुरी परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका दलका शीर्षनेता, पूर्वकर्मचारी, सुरक्षा निकायका प्रमुख, पूर्वराजा लगायत विरुद्ध उजुरी परेको छ। 

    तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेपछि २०६३ साल मंसीर ५ गतेसम्म राज्य र विद्रोहीको तर्फबाट भएका घटनाको सत्य अन्वेषणगरी दोषीलाई कारबाहीको सिफारिस गर्न र पीडितलाई परिपूरण तथा समाजमा मेलमिलापको वातावरण बनाउन ०७१ साल माघ २७ गते आयोग बनाइएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]