राजनीति

जुटेन सहमति : तीन दलको बैठक भोलि १२ बजेसम्म स्थगित

साउन ६, २०७३

    काठमाडौं : संसदको गतिरोध खोल्न बसेको प्रमुख तीन दलको बैठक शुक्रबार दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन नगरी आफुले राजीनामा नदिने अडान राखेपछि बैठक स्थगित भएको हो।

    बिहीबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिई बजेट सम्बन्धी विधेयक पारित गर्न सघाउने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन नगरी सरकार गठन गर्न नमिल्ने भन्दै राजीनामा दिन अस्वीकार गरेका हुन्।

    ओलीले आफुले राजीनामा दिएपनि संविधान अनुसार नयाँ सरकार बन्न सक्ने अवस्था नरहेको भन्दै सबै दलहरु मिलेर पहिला संविधान संशोधन गर्नुपर्ने बताएका थिए।

    नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेस नेता पौडेलले राखेको प्रस्तावमा छलफल हुन बाँकी नै रहेको बताएका छन्। नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकमा बिभिन्न प्रस्तावहरु पेश भएपनि छलफल गरेर निश्कर्षमा नपुगिएको बताए।

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]