स्वास्थ्य

दश हजार क्षयरोगीको खोजी

जेठ १६, २०७३

    भक्तपुर- जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का कार्यकारी निर्देशक शरण गोपालीले हाल नेपालमा १० हजार क्षयरोगका बिरामीको पहिचान हुन नसकेको बताउनुभएको छ । 

    नेपाल क्षयरोग निवारण संस्था भक्तपुर र शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि. थिमिले सहकारी सदस्यका लागि यहाँ आयोजना गरेको क्षयरोग तथा एचआइभी÷एड्ससम्बन्धी कार्यक्रममा उहाँले पहिचान हुन नसकेको क्षयरोगीको खोजी भइरहेको बताउनुभयो । उहाँले क्षयरोगीको खोजी गरेर उपचारमा ल्याउन सबै सहकारीकर्मीलाई आग्रह गर्नुभयो । 
    कार्यक्रममा क्षयरोगविज्ञ सुरेश प्रधानले क्षयरोगको बिरामी बढ्नामा एचआइभी÷एड्सले पनि भूमिका खेलेको बताउँदै एचआइभी÷एड्ससँगै क्षयरोगी पनि बढ्दै गएको हो भन्नुभयो । शङ्खधर साकोसका अध्यक्ष लक्ष्मीभक्त श्रेष्ठ, स्वास्थ्य उपसमितिका संयोजक सरिता श्रेष्ठ लगायतले सहकारीकर्मीले पनि क्षयरोग नियन्त्रणका लागि कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]