हामी प्राय:ले स्मार्टफोन चलाउँछौ। स्मार्टफोन चलाउने क्रममा वा हिड्दै गर्दा खल्तिबाट निकाल्ने क्रममा या अन्य केही काम गरिरहँदा स्मार्टफोन खस्ने गर्छ।
स्मार्टफोन खस्दा धेरै स्मार्टफोनको स्क्रिन फूटेर र स्क्र्याच भएर कुरूप हुन्छ या चलाउँनै नमिल्ने हुन्छ। स्मार्टफोनमा आउने यो समस्या सबैभन्दा बढी देखिने समस्या पनि हो। विश्वका सबैभन्दा धेरै स्मार्टफोनका उपभोक्ता स्क्रिन फुटेर फेर्न आउनेको हुने गरेको समेत विभिन्न अध्ययनले देखाईसकेको छ।
यस्तो अवस्थाबाट अब चाँडै नै मुक्ति पाउने भएका छन् स्मार्टफोन प्रयोगकर्ताले। स्मार्टफोनको स्क्रिन निर्माण गर्ने कम्पनी कर्निङले चाँडै नै स्मार्टफोन खस्दा पनि नफूट्ने खालको स्क्रिनको निर्माण गरिरहेको छ।
कर्निङ कम्पनीका अनुसार उसले बनाइरहेको स्क्रिनले ८० प्रतिशत समस्या समाधान गर्नेछ। कर्निङले ल्याउन लागेको गोरिल्ला ग्लास ५ ले १.६ मिटर माथिबाट खसेर स्क्रिन फूट्ने समस्यामा ८० प्रतिशतले कमी आउने दावी कम्पनीको छ।
कम्पनीले निर्माण गरिरहेको गोरिल्ला ग्लास ५ को परिक्षण पत्रकारहरूमाझ गरेको थियो। यसक्रममा १.६ मिटरको उचाईबाट र कम्मर तथा काँधको नजिकैबाट खसालेर देखाइएको थियो। जसमा २० पटकसम्म खसाल्दा पनि स्क्रिन फुटेको वा स्क्र्याच भएको देखिएको थिएन।
कम्पनीले अहिलेका स्क्रिनभन्दा यो स्क्रिन दुई गुणा कम स्क्र्याच हुने बताएका छन्।
कम्पनीले यो स्क्रिन आगामी केही महिनाभित्र ल्याउने तयारी गरेको जनाएको छ। कर्निङका उपाध्यक्ष जोन बायनले आफूहरूले यसमा निरन्तर काम गरिरहेको र यसप्रति आफूहरूले मेहेनत गरिरहेको बताएका छन्।
तर, उनले आफुहरूसँग स्मार्टफोनको डिजाइनका विषयमा भने कुनै नियन्त्रण नहुने जनाएका छन्। स्मार्टफोनको डिजाइन र निर्माणले पनि स्मार्टफोनलाई कमजोर बनाउन सक्ने उनले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।